२०८३ बैशाख ६ गते , आईतबार
झापा २ मा रास्वपाकी राना मगर फराकिलो मतान्तरसहित अग्रस्थानमा
बिर्तामोड । झापा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तथा निवर्तमान उपसभामुख इन्दिरा राना मगरले आफ्नो मतान्तर अत्यन्तै फराकिलो बनाउँदै लगेकी छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार मगरले १०४४३ मत प्राप्त गरेकी छन्।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान सभामुख देवराज घिमिरेले १७०३ मत मात्र प्राप्त गरेका छन् ।
त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार केशवकुमार भण्डारीले १३५७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईले ९०९ मत प्राप्त गरेकी छन् ।