२०८३ आश्विन १६ गते , शुक्रबार

बालेन चार गुणा मतान्तरले अगाडी

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
बालेन चार गुणा मतान्तरले अगाडी

बिर्तामोड । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन) फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् ।

बालेनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार खड्गप्रसाद (केपी) शर्मा ओलीभन्दा चार गुणा बढी मतले अगाडी छन् । प्राप्त पछिल्लो मत परिणाम अनुसार बालेनले ३२३३६ मत प्राप्त गर्दा ओलीले ८५१८ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले निरन्तर जित्दै आएको उक्त क्षेत्रमा यस अघिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८५७६ मतान्तरले पराजित गरेका थिए । तर यस पटक भने ओलीको लज्जास्पद हार हुने देखिएको छ ।

सम्बन्धित समाचार