२०८३ बैशाख ६ गते , आईतबार

एमाले अध्यक्ष ओलीको लज्जास्पद हार, लुसिफर भन्ने बालेनलाई जितेपछि भने- ‘बाबु’

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
एमाले अध्यक्ष ओलीको लज्जास्पद हार, लुसिफर भन्ने बालेनलाई जितेपछि भने- ‘बाबु’

बिर्तामोड नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२ मा लज्जास्पद हार व्यहोरेका छन् ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा काठमाण्डौ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह (बालेन)ले करिब ५० हजार मतान्तरले हराएका हुन्

अघिल्लो निर्वाचनमा नेकपा एमालेका उम्मेदवार ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई २८५७६ मतको फराकिलो मतान्तरले पराजित गरेका थिए तर यस पटकको निर्वाचनमा उनै ओली ४९६१४ मतको फराकिलो अन्तरले बालेनसँग पराजय भोग्नु परेको

२०४८ यता २०६४ बाहेक निरन्तर सांसद बन्दै आएका ओलीको संसद यात्रामा दोस्रो पटक ब्रेक लागेको नेकपा एमालेको नवौँ महाधिवेशन यता निरन्तर तेस्रो पटक अध्यक्ष बनेका ओली चार पटक प्रधानमन्त्री बनिसकेका छन् भदौ २३ २४ गते भएको जेनजी प्रदर्शनका कारण पदबाट राजिनामा दिन बाध्य भएका ओली त्यस यता आलोचित बन्दै आएका थिए

प्रतिनिधीसभा सदस्यमा विजयी बनेपछि एमाले अध्यक्ष ओलीले बालेनलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् सामाजिक सञ्जाल फेसबुकमा बालेनलाई ढोलक उपहार दिँदै गरेको तस्वीर राखेर लेखेका छन्

 ‘बालेन बाबु,

बिजयको लागि तपाईंलाई बधाई !

तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् हार्दिक शुभकामना ! 

यस अघि ओलीले बालेनलाई लुसिफर भन्दै होच्याउने गरेका थिए

 

सम्बन्धित समाचार