झापाका ७८ जना उम्मेदवारको जमानत जफत
बिर्तामोड । फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा झापाका ७८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
झापाका ५ निर्वाचन क्षेत्रमा ९० जना चुनावी प्रतिष्पर्धामा थिए । उनीहरु मध्ये १२ जनाको मात्र जमानत जोगिएको निर्वाचन आयोगले जनाएको छ ।
झापाको पाँच वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।
क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीका उम्मेदवारबाहेक अन्य १२ जना उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र नम्बर २ मा एमाले बाहेक १६ जना उम्मेदवारको जमानत जफत भएको छ । क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बाहेक १५ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नम्बर ४ मा एमाले र कांग्रेस बाहेक अन्य १३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ भने झापा क्षेत्र नम्बर ५ मा नेकपा एमाले बाहेक २२ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् ।