२०८३ बैशाख ६ गते , आईतबार

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसमा प्रहरीलाई प्याड भेण्डिङ मेसिन

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २४ गते , आईतबार
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसमा प्रहरीलाई प्याड भेण्डिङ मेसिन

बिर्तामोड झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजले जिल्ला प्रहरी कार्यालय झापालाई सेनिटरी प्याड भेण्डिङ मेसिन सहयोग गरेको आज ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उक्त मेसिन प्रदान गरिएको हो

कलेजका जनसम्पर्क प्रमुख प्रोमिश गिरी, डाइरेक्टर डा. अञ्जली कार्की आफन्त नेपाल शाखा कार्यालय काँकडभिट्टा झापाका प्रतिनिधिहरुको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय झापालाई उक्त मेसिन प्रदान गरिएको हो जिप्रका झापामा कार्यरत महिला प्रहरी कर्मचारीहरु, हिरासत कक्षमा रहेका महिला थुनुवाहरु सेवाग्राही महिलाको लागि सहजता प्रदान गर्न मेसिन प्रदान गरिएको गिरीले बताए मेसिनका साथै सेनिटरी प्याड व्ल्याङकेटसमेत जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालाई हस्तान्तरण गरिएको थियो

महिलाहरुलाई महिनावारीको समयमा अत्यावश्यक हुने मेसिन प्याड उपलब्ध गराएकोमा जिप्रका झापाका प्रमुख खड्काले धन्यवाद व्यक्त गरिन्

सम्बन्धित समाचार