२०८३ बैशाख ६ गते , आईतबार
क्रोएसियामा सडक दुर्घटनामा परि मेचीनगरका भरत कार्कीसहित दुई जनाको मृत्यु
बिर्तामोड । क्रोएसियामा भएको सडक दुर्घटनामा दुई नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा मेचीनगर–१२ नयाँबस्तीका ३९ वर्षीय भरत कार्की र सल्यान कुमाख गाउँपालिकाका २७ वर्षीय भुवन विक रहेका छन् ।
बोस्नियामा रहेका उनीहरू घुम्न क्रोएसिया जाँदै गर्दा बाटोमै दुर्घटनामा परेका थिए । गैरआवासीय नेपाली संघ (एनआरएन) क्रोएसियाका अध्यक्ष साइमन तामाङका अनुसार दुर्घटना फेब्रुअरी १२ तारिखमा भएको थियो ।
दुर्घटनामा मृत्यु भएका दुवै युवाको शव नेपाल ल्याउने प्रयास भइरहेको तामाङले जानकारी दिए ।
दुर्घटनाको समयमा बोस्नियाबाट क्रोएसिया घुम्न जाने समूहमा तीन नेपाली र एक पाकिस्तानी नागरिक रहेका थिए । दुर्घटनामा एक नेपाली महिला र एक पाकिस्तानी नागरिक घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको एनआरएन क्रोएसियाले जनाएको छ ।