२०८३ बैशाख ६ गते , आईतबार

नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै रास्वपा, मोबाइल प्रतिबन्ध

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २ गते , सोमबार
नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै रास्वपा, मोबाइल प्रतिबन्ध

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि प्रशिक्षण दिने भएको छ ।
पार्टीका नवनिर्वाचित सांसदहरूलाई आगामी चैत्र ३ र ४ गते काठमाडौंमा दुई दिने अभिमुखीकरण प्रशिक्षण सञ्चालन गरिने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
कार्यक्रममा सहभागी हुन सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेभित्र काठमाडौं उपत्यकामा तोकिएको स्थानमा उपस्थित हुन अनुरोध गरिएको छ।
अभिमुखीकरणमार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टी नीति तथा आगामी कार्यदिशाबारे जानकारी गराइने जनाइएको छ।
कार्यक्रमस्थलमा मोबाइल लैजान प्रतिबन्ध लगाइएको छ भने आफन्तसँग भेट्घाटलाई समेत निषेध गरिएको छ । रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकबाट ५७ सांसद जितेको छ ।

सम्बन्धित समाचार