प्रहरीले लागूऔषधसहित ७ जना पक्राउ
बिर्तामोड । प्रहरीले लागूऔषधसहित भद्रपुरबाट ७ जना पक्राउ परेका छन् । लागूऔषधसहित भद्रपुर ६ बस्ने बर्ष ३१ का श्रवण यादव,, सोही ठाउँ बस्ने बर्ष २० का गणेश राजवंशी र बर्ष २६ का प्रकाश राजवंशी, भद्रपुर ५ बस्ने बर्ष ३० का शुभम साह , वडा नं ४ बस्ने बर्ष ३० का जयकरण कहार, वडा नं ६ बस्ने बर्ष ३५ का दुलाल शेख र सोही ठाउँ बस्ने बर्ष २९ का मोहम्मद अमिरबाब रहेका छन् ।
शेखको साथबाट प्लाष्टिकसहित १५ ग्राम ९० मिलिग्राम र प्लाष्टिकबाहेक १० ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
गएराति ९ः३० बजेतिर भद्रपुर ६ बस्ने श्रवण यादवको घरमा लागूऔषध रहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङ, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध व्युरो ईकाई काँकडभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले उनको घर खानतलासी गर्दा प्लाष्टिकसहित ५४ ग्राम ४३० मिलिग्राम र प्लाष्टिकबाहेक ५० ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।