२०८३ बैशाख ५ गते , शनिबार
अवैध सामानसहित दुई वटा अटो नियन्त्रणमा
बिर्तामोड । अवैध सामानसहित दुईवटा टेम्पो र त्यसका चालक बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहानको राति २ बजे अर्जुनधारा नगरपालिका वडा नं. ६ स्थित चिया बगानमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै टेम्पोहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा टेम्पोभित्र पर्दा, सारी, कुर्था सुरुवाल, ढाका लगायतका बिभिन्न किसिमका अन्दाजी ५ लाख मूल्य बराबरको कपडा फेला परेको थियो ।
ती सामानसहित मे १ ह ६३५५ न. को टेम्पो तथा चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ४० का सुबिन्द्र जोगी र मे १ ह ७२९४ न. को टेम्पो तथा चालक भोजपुर हतुवागढी गाउँपालिका ५ घर भई मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३५ का भमदल राईलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।