२०८३ बैशाख ६ गते , आईतबार
झापामा गाडी चलाइरहेको अवस्थामा चालक बेहोस, उपचारको क्रममा मृत्यु
बिर्तामोड । झापामा एक जना चालकको गाडी चलाइरहेका अवस्थामा मृत्यु भएको छ । मोरङ शनिश्चरे ननगरपालिका ९ बस्ने वर्ष ४५ को योगेश धिमालको मृत्यु भएको हो ।
बिहिबार बेलुका अन्दाजी ६:३० बजे झापाको कमल गाउँपालिका ५ सितापुरीचोक स्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट पथरीतर्फ जाँदै गरेको प्र.न.१-०४-००१च.००८० नम्बरको स्करपियो चालक धिमाल गाडी चलाउने क्रममा अचानक गाडी भित्र असहज भइ उक्त गाडी सडक किनारामा रोकी बेहोस भएको अबस्थामा सोही गाडीमा सवार यात्रुहरुले देखि बोलाउँदा नबोले पछी स्थानियको सहयोगमा चालकलाई तत्काल उपचारको लागि निम्स अस्पताल दमक पठाएकोमा उपचारको क्रममा राति ८:०० बजे सोहि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापालाई जनाएको छ ।