२०८३ बैशाख ६ गते , आईतबार

चट्याङ्का कारण आगलागी हुँदा ६ वटा बाख्रा मरे

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ७ गते , शनिबार
चट्याङ्का कारण आगलागी हुँदा ६ वटा बाख्रा मरे

बिर्तामोड । झापाको गौरादहमा परेको चट्याङका कारण आगलागी भएको छ । आगलागीका कारण ६ वटा बाख्रा मरेका छन् ।
शुक्रबार मध्यराति परेको चट्याङका कारण गौरादह ६ धापाटोलस्थित अजय कुमार झाको भान्सा घर र ग्वालीमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आगलागीबाट भान्सा घर भित्र रहेको ग्यास सिलिण्डर, ८० किलो चामल, साइकल, बिद्युत मिटर, वाईफाई राउटर, भाडावर्तन, अन्नपात, फर्निचर र ग्वाली भित्र रहेको ६ वटा बाख्रासमेत क्षतिहुदा अन्दाजी २ लाख ५० हजार मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए । 

सम्बन्धित समाचार