२०८३ बैशाख ५ गते , शनिबार

इरान–अमेरिका वार्ता, ५ दिन आक्रमण नगर्ने ट्रम्पको घोषणा

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ९ गते , सोमबार
इरान–अमेरिका वार्ता, ५ दिन आक्रमण नगर्ने ट्रम्पको घोषणा

झापा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। साथै उनले इरानका विद्युत् केन्द्रहरूमा गर्ने भनिएको सम्भावित सैन्य आक्रमण तत्काललाई स्थगित गरिएको जानकारी दिएका छन्

सीएनएनको अपडेटअनुसार ट्रम्पले कूटनीतिक प्रयासलाई अवसर दिन आक्रमण रोकिएको संकेत गरेका हुन्

उनले दुवै पक्षबीच संवादको ढोका खुला रहेको युद्ध अन्त्यतर्फ प्रगति हुन सक्ने बताएका छन् उनले इरानसँगको वार्ता सकारात्मक परिणाममुखी भइरहेको समेत बताएका छन्

ट्रम्पले आफ्नो सोसल मिडिया ट्रुथमा लेखेका छन्इरानासँगा गहिरो ठोस वार्ता शुरु भएको यो साताभरी यस्ता वार्ताहरु जारी रहनेछन्

मैलेडिपार्टमेन्ट अफ वारलाई इरानका पावर प्लान्ट ऊर्जा पूर्वाधारमाथि गरिने सबै प्रकारका सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु यो निर्णय जारी बैठक छलफलको सफलतामा निर्भर रहनेछ

चौथो साता लाग्दा पनि इरानलाई परास्त गर्न अमेरिका इजरायल असफल भइरहदा मध्यपूर्वका अन्य अमेरिकाका सहयोगी देशहरुको अवस्था अस्तव्यस्त भइरहेको

विश्वकै अर्थव्यवस्थामा चुनौति थपिएपछि इरान युद्ध अन्त्य गर्न अमेरिकामाथि आन्तरिक बाह्य दबाब बढिरहेका बेला ट्रम्प एक कदम पछि हटेर वार्ताको प्रयासमा लागेका हुन्

सम्बन्धित समाचार