नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघअन्तर्गत नेपाल लाईफ बीमक बिर्तामोड समिति गठन
बिर्तामोड । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघ अन्तर्गत बीमक समिति गठन भइरहेका छन् । बुधबार नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको बिर्तामोड शाखा समिति गठन गरिएको हो ।
टिकाराम चम्लागाईको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमलप्रसाद कडरिया, सचिव छविलाल विश्वकर्मा, सहसचिव यज्ञराज कडरिया र कोषाध्यक्षमा दुर्गा भुर्तेल राय चयन भएका छन् । सदस्यहरुमा नवराज खरेल (नवीन), खगेन्द्र अधिकारी, प्रमिला फुयाल, धनपति बजगाँई, कर्णबहादुर पौडेल, रिता खनाल, किशोर संग्रौला, जमुन सिटौला चयन भएका छन् । सल्लाहकार प्रमुखमा निर्मला खतिवडा चयन भएकीछन् ।
नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघका राष्ट्रिय अध्यक्ष राजेन्द्र अमात्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम टिकाराम चम्लागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रष्ट्रिय समिति उपाध्यक्ष सिपि कडरिया, राष्ट्रिय समिति सचिव श्रीप्रसाद सिटौला, राष्ट्रिय समिति सहसचिव गणेश कालिकोटे, नेपाल लाइफ इन्स्योरेन्स केन्द्रीय अध्यक्ष कृष्णप्रसाद आचार्य, केन्द्रीय उपाध्यक्ष तेजमणी प्रसाई, केन्द्रीय सचिव तेजप्रसाद तिवारी, केन्द्रीय सदस्य सिता थेवेलगायतको आतिथ्यता रहेको थियो ।
बीमक नेपाल लाइफ इन्स्योरेन्स केन्द्रीय सचिव तेजप्रसाद तिवारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई कमलप्रसाद कडरियाले स्वागत गरेका थिए ।