२०८३ बैशाख ६ गते , आईतबार
ओली र लेखक पक्राउ, कानुन भन्दा माथि कोही नहुने गृहमन्त्री गुरुङको भनाई
बिर्तामोड । गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि स्टाटस लेख्दै उनले यो प्रतिसोध नभइ न्यायको सुरुवात भएको बताएका छन् ।
‘प्रमिस इज प्रमिस : कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ,’ उनले लेखेका छन्, ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो ।’
उनले अब देशले नयाँ दिशा दिने पनि बताएका छन् । ओली र लेखकलाई प्रहरीले आज बिहानै पक्राउ गरेको हो ।
ओली र लेखक दुवै जनालाई प्रहरीले भद्रकाली पुर्याएको छ ।