२०८३ बैशाख ५ गते , शनिबार
सिसि क्यामेराको तार तान्दा करेन्ट लागेर मृत्यु
बिर्तामोड । झापाको दमकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । दमक-८ सेतुमारी रोड बस्ने बर्ष २८ को निरोज साहको मृत्यु भएको हो ।
शनिबार बिहान ८ बजे शाहले पश्चिम पट्टी रहेको आफ्नै किराना पसलबाट पुर्व पट्टी रहेको आफ्नै तीन तले घरको लागि स्थानीय मनोज साहको दुई तले घरको छत माथिबाट सिसी क्यामेराको तार तान्ने क्रममा उक्त तार विद्युतको हाइटेन्सन तारमा लागि विद्युत सर्ट भइ करेन्ट लागि घाइते भइ उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा ल्याई उपचार भइरहेकोमा उपचारको क्रममा ९:२० बजेग डाक्टरले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।