२०८३ बैशाख ६ गते , आईतबार
पूर्व मन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ
बिर्तामोड । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
खड्कालाई आज बिहान महाराजगन्जबाट पक्राउ गरिएको सीआइबीका एआइजी मनोज केसीले बताए ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको हो ।
जेनजी आन्दोलनको क्रममा उनको निवासमा आगजनी हुँदा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला परेको थियो । उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।