२०८३ बैशाख ५ गते , शनिबार

स्थापना दिवसमा मिलनसार साकोसद्वारा वृद्धाश्रममा सहयोग

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १५ गते , आईतबार
स्थापना दिवसमा मिलनसार साकोसद्वारा वृद्धाश्रममा सहयोग

बिर्तामोड । झापाको बिर्तामोडमा कार्यालय रहेको मिलनसार बचत तथा ऋण सहकारी संस्थाले १७औं स्थापना दिवस मनाएको छ । संस्थाले वृद्धाश्रममा सहयोग गरेर स्थापना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाको नेतृत्वमा गएको टोलीले बिर्तामोड ४ स्थित डिकमाया गुरुप्रसाद ओझा फाउन्डेसनले सञ्चालन गरेको स्नेहा माया घरमा ग्यास सिलिन्डर, चामल, बिस्कुट, फलफूल लगायत सामाग्री प्रदान गरेको हो । प्रत्येक वर्ष संस्थाले सामाजिक काम गरी स्थापना दिवस मनाउने गरेको छ । 

सम्बन्धित समाचार