२०८३ बैशाख ५ गते , शनिबार
बेवारिसे अवस्थामा नवजात शिशु फेला
बिर्तामोड । झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सोमबार बिहान कमल गाउँपालिका ३ केरखास्थित लीलाराज थापाको करेसाबारीमा उक्त शिशु फेला परेको हो ।
बिहान ६:१० बजे घरधनी थापाले शिशु फेला पारी स्थानीयको सहयोगमा उपचारका लागि किओच बाल अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ। शिशुको अवस्था सामान्य रहेको र आमाको पहिचान तथा खोज तलाश कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।