२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोडका व्यवसायी प्रदीप मित्तल पक्राउ
बिर्तामोड । बिर्तामोडका व्यवसायी प्रदीप मित्तल पक्राउ परेका छन् । यौन दुर्व्यवहार अभियोगमा फरार रहेका मित्तल आज पक्राउ परेका हुन् ।
मित्तललाई झापाको मेचीनगरस्थित एक युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेको छ । उनलाई धुलाबारी प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ।