२०८३ बैशाख ६ गते , आईतबार

शेयर बजारमा पहिरो, ७४.७३ अंकले घट्यो बजार

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १८ गते , बुधबार
शेयर बजारमा पहिरो, ७४.७३ अंकले घट्यो बजार

झापा । बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो कमीसँगै नेप्से २७७६ अंकमा कायम भएको छ । आज बजार खुलेदेखि दिनभर रातो अंकमा रह्यो । यसअघि आइतबार र सोमबार दुई दिनमा ११९ अंक घटेको बजार हिजो मंगलबार १९.७ अंक मात्रै बढेको थियो ।
बजारमा उच्च गिरावट आउँदा पनि आज कारोबार रकम करिब १ अर्ब बढेको छ । अघिल्लो दिन ११ अर्ब ११ करोडको कारोबार भएकोमा आज १२ अर्ब १० करोडको भयो । १३ कम्पनीको मूल्य बढ्यो, २५५ को घट्यो ।
बजारका सबै समूहगत सूचक घटेका छन् । अन्य समूह सूचक सबैभन्दा धेरै ५.२६ प्रतिशत घट्यो । नेपाल पुनर्बीमा कम्पनीको मूल्य सबैभन्दा धेरै ९.८४ प्रतिशत घट्दा समग्रमा अन्य समूहको सूचक बढी प्रभावित भयो ।
त्यस्तै बैंकिङ २.३१, विकास बैंक ३.१८, फाइनान्स ३.०३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर २.८१, लगानी २.६७, जीवन बीमा २.०२, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स १.९९, निर्जीवन बीमा २.२२ र व्यापार समूह ३.९६ प्रतिशत घटे ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएका ६ कम्पनीको मूल्य १० प्रतिशत बढेको हो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सम्बन्धित समाचार