२०८३ बैशाख ६ गते , आईतबार

कर्मचारीलाई सजाय तोकेको अदालतले लागूऔषध मुद्धाका आरोपी खरेललाई किन दियो सफाई ? 

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २४ गते , मंगलबार
कर्मचारीलाई सजाय तोकेको अदालतले लागूऔषध मुद्धाका आरोपी खरेललाई किन दियो सफाई ? 

बिर्तामोड गत साउन गते झापाको बिर्तामोड स्थित मनकुमार संग्रौलाको घरबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको घटनामा पक्राउ परेका बिर्तामोड का भानुभक्त खरेललाई अदालतले सफाई दिएको भने उनका कर्मचारी अर्जुनधारा बस्ने २५ बर्षीय विनोद घिमिरेलाई भने दोषी ठहर गरी सजाय तोकेको

ठूलो परिमाणमा लागूऔषध बरामद भएको घटनामा कर्मचारीलाई दोषी ठहर गरी मालिक भनिएका खरेललाई सफाई दिन अदालतले लिएका आधार के हुन् भन्ने आम सर्वसाधारणलाई चासोको बिषय बनेको

खरेललाई सफाई दिन अदालतले लिएका आधारहरु के के हुन ?

प्रहरीले संग्रौलाको घरमा छापा मारी ठूलो परिमाणमा लागूऔषध बरामद गरेसँगै फरार भएका खरेललाई जेनजी आन्दोलन लगत्तै घर आएको मौकामा भदौ २८ गते स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए

जिल्ला अदालत झापाले असोज गते खरेललाई थुनामा राख्ने आदेश दिएको थियो खरेलले सञ्चालन गरेको भनिएको मनकुमार संग्रौलाको घरको गोदाम खरेलको नभइ उत्तम पटेलको भएको, लागूऔषध बरामद भएको समयमा खरेल भारतमा भएको उनले सञ्चालन गरेको सनलाइट फर्माबाट लागूऔषध बरामद नभएको भन्ने आधारमा अदालतले खरेललाई फागुन गते सफाई दिएको थियो अदालतको आदेशसँगै कारागार कार्यालय चन्द्रगढीमा थुनामा रहेका खरेल थुनामुक्त भएका थिए

अदालतको उक्त आदेशमा उक्त गोदाम खरेलको नभई उत्तम पटेलको भएको भनिएसँगै केहि प्रश्नहरु जन्मिएका छन् लागूऔषध बरामद भएको बखत उक्त गोदाम खरेलकै भएको यकिन गरी प्रहरीले कसरी अभियोजन गर्यो ? वा साक्षीले दबाब प्रभावमा परेर अदालतमा बयान फेरेर गोदाम खरेलको नभई पटेलको हो भन्यो भन्ने प्रश्न जन्माएको एक अनुसन्धान अधिकृत भने साक्षीले अदालतमा बयान फेरेको हुन सक्ने बताउँछन् घटना लगत्तै प्रहरीले अभियोजन गर्ने तर अदालती प्रक्रिया लामो हुँदा साक्षी होस्टाइल हुने सम्भावना रहने उनको भनाई    

न्यायाधिश लोकबहादुर हमालको इजलासले गरेको फैसलाले मालिक भनिएका खरेललाई सफाई दिएपनि उनका कर्मचारी अर्जुनधारा बस्ने २५ बर्षीय विनोद घिमिरेलाई भने दोषी ठहर गरी सजाय तोकेको फागुन २९ गते अदालतले गरेको सजाय निर्धारणमा लागूऔषध बरामद भएको समयमा सो घर गोदाममा घिमिरे रहेको भन्दै लाख रुपैया जरिवाना एक बर्ष कैद निर्धारण गरेको अदालत स्रोतले जनाएको

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ झापाका उपाध्यक्ष नेकपा एमाले बिर्तामोड नगर कमिटि सदस्य समेत रहेका खरेल लागूऔषध मुद्धामा जोडिएसँगै नेकपा एमाले स्वास्थ्यकर्मी महासंघले उनलाई निलम्बन गरेको थियो

प्रहरीले संग्रौलाको घरमा कोठा भाडा लिइ भण्डारण गरिराखेको अवस्थामा लाख ६० हजार १०४ रुपैया बराबरको १०३८०० क्याप्सुल ट्रामाडोल, ४३ हजार ९८२ रुपैया बराबरको १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ५७ हजार ३०७ रुपैया बराबरको ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, लाख ४५ हजार २६३ रुपैया बराबरको टर्मिपिल किट ७६५० ट्याब्लेट, लाख ९८ हजार ३७५ रुपैँया बराबरको जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट लाख ८८ हजार रुपैँया बराबरको ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको थियो

 

 

 

सम्बन्धित समाचार