२०८३ बैशाख ६ गते , आईतबार

इलाम झापा मैत्री समाजद्वारा दुई जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २८ गते , शनिबार
इलाम झापा मैत्री समाजद्वारा दुई जना सम्मानित

बिर्तामोड । इलाम झापा मैत्री समाजले दुई जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरेको छ। समाजले शनिबार पाँचौं अधिवेशनको अवसरमा टोल माया खनाल र छवि पौडेललाई सम्मान गरेको हो ।
९४ वर्षीया खनाललाई समाजको जेष्ठ सदस्यको रुपमा सम्मान गरिएको हो । त्यस्तै एसियन फुटवेयरका सञ्चालक पौडेलले  समाजलाई विशेष योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको समाजका  महासचिव दिनेश भट्टराईले बताए ।


कार्यक्रमको अवसरमा समाजले तीन वर्षको कार्यकालमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई समेत सम्मान गरिएको थियो।
समाजकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव सागर रिजालले सञ्चालन गरेका थिए भने प्रमुख अतिथी संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी रहेका थिए । कार्यक्रममा सहभागीहरूलाई उपाध्यक्ष नरेश कर्माचार्यले स्वागत गरेका थिए।

सम्बन्धित समाचार