२०८३ बैशाख ५ गते , शनिबार
स्मार्ट लेडीको संयोजनमा दृष्टिविहीनलाई झुल वितरण
बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको संयोजनमा दृष्टिविहीनहरुलाई झुल वितरण गरिएको छ।
सन्दीप गिरी र शोभा प्रधानले आफ्नो जन्म दिनको अवसरमा सोमबार स्मार्ट लेडीमार्फत सौजन्य गरेको ५० थान झुल दृष्टिविहीनलाई वितरण गरिएको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकि अध्यक्ष यशोदा उप्रेतीले जानकारी दिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्र संग्रौला, लायन्स क्लबका पीआरओ चिफ सत्यनारायण शर्मा, रिजन चेयरपर्सन पार्वता गिरी, पूर्व अध्यक्ष अन्जु खड्कालगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष उप्रेतीले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सबैप्रति आभार व्यक्त गरेकीछन् ।