२०८३ बैशाख ५ गते , शनिबार

इजरायल–लेबनानबिच युद्ध विराम लागू

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ४ गते , शुक्रबार
इजरायल–लेबनानबिच युद्ध विराम लागू

एजेन्सी लेबनानमा शुक्रबार बिहानबाट १० दिने युद्धविराम लागू भएको योसँगै इजरायली सेना लडाकू समूह हेजबुल्लाह बीचको लडाइँ रोकिएको जसले अमेरिका इरान बीचको शान्ति वार्ताको प्रमुख अवरोध पनि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्

युद्धविराम लागू हुनुभन्दा केही घण्टा अघिसम्म पनि इजरायल हिजबुल्लाहबीच आक्रमण जारी थियो

अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक ज्ञापनपत्रमा युद्धविरामको रूपरेखा प्रस्तुत गर्दै भनेको कि इजरायललेआत्मरक्षामा सबै आवश्यक उपायहरू लिने आफ्नो अधिकार कायम राख्नेछ, तर जमिन, वायु वा समुद्रबाट लेबनानी लक्ष्यहरू विरुद्धआक्रामक कारबाही गर्ने छैन

ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग इरानसँग अर्को प्रत्यक्ष वार्ता यसै सप्ताहन्तमा हुन सक्ने बताएका छन्

लेबनानी अधिकारीहरूका अनुसार हालको लडाइँमा लेबनानमा २१०० भन्दा बढी मानिस मारिएका छन् दस लाखभन्दा बढी विस्थापित भएका छन्। इजरायली अधिकारीका अनुसार दुई नागरिकसहित कम्तीमा १३ इजरायली सैनिक पनि मारिएका छन्

सम्बन्धित समाचार