२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडमा रामकृष्ण ढकाल साँगीतिक कार्यक्रम हुने

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख ६ गते , आईतबार
बिर्तामोडमा रामकृष्ण ढकाल साँगीतिक कार्यक्रम हुने

बिर्तामोड । वरिष्ठ गायक रामकृष्ण ढकाल यही ८ गते मंगलबार आफ्नो साँगीतिक प्रस्तुतीका लागि बिर्तामोड आउने भएका छन् !
म्यूजिकल टूर २०२६ का लागि  ढकाल आफ्नो म्यूजिकल टोलीसहित बिर्तामोड आउन लागेका हुन् ।
गोर्खा फाउण्डेशन नेपालको आयोजनामा कार्यक्रम हुन लागेको अध्यक्ष वीरु दर्नालले बताए । बिर्तामोडको वन स्टप मल परिसरमा नि:शूल्क खुल्ला साँगीतिक कार्यक्रम हुने उनले बताए ।  उक्त कार्यक्रममा गायक ढकाल, रचना रिमाल, वर्षा राउत, बिजय बराल, म्याक्सम पौडेल, जिवन पराजुली, अयुप पौडेललगायतको टिम सहभागी हुने बताईएकोछ ।
मंगलबार बेलुका ४ बजे हुने उक्त कार्यक्रमकै अवसरमा गायक ढकालको प्रस्तुती रहेको मालती मंगले चलचित्रको बारेमा दर्शकलाई जानाकारीसमेत दिने जनाईएकोछ । मालती मंगले यही २५ गतेदेखि एकैसाथ देशभर प्रदर्शनमा आउने भएकोछ ।

सम्बन्धित समाचार