२०८३ असार १४ गते , आईतबार
विशेष महाधिवेशनको विरोधी सिटौलाको पद चैट
झापा । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन् । प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई हटाएर बुधबार कमला पन्तलाई त्यो जिम्मेवारी दिएका हुन् ।आङदेम्बेले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम राष्ट्रिय सभा संसदीय दलको नेता पदमा पन्तलाई नियुक्त गरेका हुन् ।
सिटौलाले विशेष महाधिवेशनको विरोध गरेका थिए । पन्त विशेष महाधिवेशनको पक्षमा थिइन् ।