२०८३ आश्विन १७ गते , शनिबार

हात्तीको आक्रमणबाट आमा छोरी घाईते

sajilo news
परिवेश मिडिया
२०८३ बैशाख १७ गते , विहीबार
हात्तीको आक्रमणबाट आमा छोरी घाईते

बिर्तामोड । झापाको मेचीनगरमा हात्तीको आक्रमणबाट आमा छोरी घाइते भएका छन् । बुधबार राति अन्दाजी ८ः३० बजे हात्तीको आक्रमणमा परि मेचीनगर ४ बाहुण्डाँगीका सुनिता बज्राचार्य र उनकी छोरी यबद्रा बज्राचार्य घाइते भएका हुन् ।

घरको बरण्डामा बसी रहेको अवस्थामा एउटा हात्तीले ३८ बर्षीया सुनिता र १३ बर्षीया यबद्रालाई तानेर केहि परसम्म पुर्याएको थियो । दुवै जनाको खुट्टामा गम्भीर असर परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार