२०८३ आश्विन १६ गते , शुक्रबार

भागेर विहे गर्ने भन्दै बोलाएर सामूहिक बलात्कार

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ ११ गते , सोमबार
भागेर विहे गर्ने भन्दै बोलाएर सामूहिक बलात्कार

झापा । एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ परेका छन्। दाङको तुलसीपुरमा भएको घटनामा एक जना फरार छन् ।

तुलसीपुर उपमहानगरपालिका– १० बनगाउँका २४ वर्षीय ओम चौधरी, २२ वर्षीय राजेन्द्र चौधरी सामूहिक बलात्कार आरोपमा पक्राउ परेका हुन् ।

सोही ठाउँका अन्दाजी २५ वर्षीय राजेश चौधरी फरार छन्। उनीहरूमाथि १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप छ ।  

पक्राउ परेका ओम पढ्दै छन् भने राजेन्द्र ट्याक्टर चालक हुन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार ओम १९ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा थिए ।

ओमले प्रेम विवाह गर्ने भनेर प्रेमिकालाई जेठ ५ गते रातमा भेट्न बोलाएका थिए। उनले गाउँकै राजेश र राजेन्द्रलाई सँगै लगेका थिए । 

किशोरीको घरभन्दा पर एकान्तमा रहेको खेतमा उनीहरूबीच भेट भएको थियो। ओमले किशोरीलाई भगाएर त्यही रात आफ्नो घर लैजाने भनेका थिए ।

तर खेतमै उनले शारीरिक सम्बन्धका लागि ओमले किशोरीलाई करकाप र आश्वासन दिएका थिए । बाध्य भएर किशोरी तयार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बोहराले बताए ।

ओमका साथीहरू किशोरीले नदेख्ने गरी अलि टाढा बसेका थिए । ओमले आफैले उनीहरूलाई बोलाएपछि उनीहरू दुवैजना आएर किशोरी डर डम्की र त्रास देखाएर पालै पालो बलात्कार गरेका थिए ।

सामूहिक बलात्कारपछि किशोरीलाई त्यहीँ छाडेर तीनै जना घर फर्किएको प्रहरीले जनाएको छ । घटनाको दोस्रो दिन बिहान पीडित किशोरीले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर सामुहिक बलात्कारमा संलग्न तीनै जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी परेलगत्तै प्रहरीले आरोपीमध्ये दुई जनालाई पक्राउ गरेको थियो ।  फरार भएका एक जनाको खोजी भइरहेको छ ।

पक्राउ परेका दुई जनालाई अदालत बाट म्याद थप भइ ‘जबरजस्ती सामुहिक करणी’ शिर्षकमा मुद्दा चालउने गरि अनुसन्धान जारी रहेको इप्रका तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले बताए ।

सम्बन्धित समाचार