२०८३ आश्विन १६ गते , शुक्रबार

गणतन्त्र दिवसको कार्यक्रममा नायक प्रचण्डलाई नै ‘इन्सल्ट’

sajilo news
परिवेश मिडिया
२०८३ जेष्ठ १६ गते , शनिबार
गणतन्त्र दिवसको कार्यक्रममा नायक प्रचण्डलाई नै ‘इन्सल्ट’

झापा । दश वर्षे जनयुद्धको जगमा स्थापित गणतन्त्र दिवसको कार्यक्रममा जनयुद्धका कमाण्डरलाई नै अपमान ‘इन्सल्ट’गरिएको छ । गणतन्त्र दिवसको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई सांसदको हैसियतमा सामान्य निम्तो गरेर सरकारले अपमान गरेको हो ।

यस अघिका गणतन्त्र दिवसको कार्यक्रममा सबै पूर्व प्रधानमन्त्रीहरुलाई विशेष निमन्त्रणा गर्ने गरिएको थियो । तर यो वर्षको कार्यक्रममा निम्तो गर्ने जिम्मा पाएको गृह मन्त्रालयले औपचारिकताका लागि सामान्य  निम्तो गरेको छ । प्रचण्डको सचिवालय स्रोतले भन्यो, ‘हरेक वर्ष पूर्वप्रधानमन्त्रीको हैसियतमा निमन्त्रणा आउने गरेको थियो । यस वर्ष आएन । पछि बुझ्दा प्रतिनिधिसभा सदस्यको रुपमा सम्वोधन गरेर एउटा निमन्त्रणा पिजनहोलमा छोडिएको रहेछ ।’

प्रचण्डलाई सामान्य रुघाखोकी लागे पनि उनी समारोहमा जानै नसक्ने अवस्थामा भने थिएनन् । पूर्वप्रधानमन्त्रीको हैसियतमा निम्तो नआएपछि उनले नजाने निर्णय गरेका हुन् ।

कार्यक्रममा कोहिपनि पूर्व प्रधानमन्त्रीहरु सहभागी भएनन् ।

प्रचण्ड नेतृत्वको माओवादी पार्टीको १० वर्षे जनयुद्धको जगमा अन्य राजनीतिक दलको समन्वयमा २०६३ जेठ १५ गते नेपाललाई गणतान्त्रिक मुलुक बनाउने निर्णय गरिएको थियो ।

सम्बन्धित समाचार