२०८३ आश्विन १७ गते , शनिबार

एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

sajilo news
परिवेश मिडिया
२०८३ असार १८ गते , विहीबार
एमाले उपाध्यक्ष पौडेललाई थप ६ दिन थुनामा राख्न अनुमति

झापा । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले पौडेलविरुद्ध ६ दिनको म्याद थप गरेको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले बिहीबार तेस्रो पटक म्याद थपका लागि अदालत लगेको थियो ।

यसअघि असार ९ गते उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो भने दोस्रो असार १५ गते उनीविरुद्ध ३ दिन म्याद थप भएको थियो ।

सम्बन्धित समाचार