२०८३ आश्विन १७ गते , शनिबार

भीरबाट लडेर एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ असार २१ गते , आईतबार
भीरबाट लडेर एक जनाको मृत्यु

बिर्तामोड । मोरङको मिक्लाजुङ गाउँपालिका २ मा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मिक्लाजुङ २ का ४० बर्षीय राजकुमार राईको चुलीपोखरी स्थित भीरबाट लडेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार शनिबार साँझ बाख्रा चराएर घर फर्किने क्रममा उनी भिरबाट खसेका थिए । प्रहरीले भने आज बिहान मात्र घटनाको बारेमा जानकारी पाएको बताएको छ ।

घटना छानविन गर्न अस्थायी प्रहरी चौकी टाडीबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार