२०८३ आश्विन १६ गते , शुक्रबार

राहत बाँड्न नुवाकोट गए देउवा

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र २५ गते , विहीबार
राहत बाँड्न नुवाकोट गए देउवा

झापा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट गएका छन् ।

बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षणका लागि काठमाडौँबाट स्थलगत मार्ग हुँदै आज बिहान ९ बजे नुवाकोट प्रस्थान गरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता–कार्यकर्ताहरूसँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने, त्यसपछि विदुरको ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने र उक्त अवलोकन पश्चात् देवीघाटमा बाढीले र्पुयाएको क्षतिको अवलोकन गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

 

सम्बन्धित समाचार