२०८३ आश्विन १६ गते , शुक्रबार

इलाममा सवारी दुर्घटनामा परि चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १ गते , विहीबार
इलाममा सवारी दुर्घटनामा परि चालकको मृत्यु

बिर्तामोड । इलाममा सवारी दुर्घटना परि चालकको मृत्यु भएको छ । आफैले चलाएको बोलेरो दुर्घटनामा परि देउमाई नगरपालिका १ चमैता बस्ने ३५ बर्षीय तिर्थराज बस्नेतको मृत्यु भएको हो ।

गएराति इलामको देउमाई नगरपालिका १ साधुगाउँस्थित साधुगाउँ–देउराली भित्री सडक खण्डमा साधुगाउँबाट देउरालीतर्फ आउँदै गरेको प्र१–०१–००१ज ३७०६ नम्बरको बोलेरो सडकमा पल्टिएको थियो । बोलेरो दुर्घटना हुँदा चालक बस्नेतलाई सोही गाडीले थिचेर घटनस्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार