२०८३ आश्विन १६ गते , शुक्रबार

शनिश्चरे बजारमा अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु बरामद

sajilo news
परिवेश मिडिया
२०८३ आश्विन १३ गते , मंगलबार
शनिश्चरे बजारमा अनुगमन, म्याद गुज्रिएका खाद्यवस्तु बरामद

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजारमा जिल्ला प्रशासन कार्यालयले आज अनुगमन गरेको छ । अनुगमन टोलीले विभिन्न पसलबाट म्याद गुज्रिएको खाद्यवस्तु बरामद गरेको हो ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, आन्तरिक राजश्व कार्यालय सहितको टोलीले अनुगमनका क्रममा द फेमली स्टोर्स, गुराँस स्टोर्स, सुधा फलफुल स्टोर र जलेश्वरवाली जेनेरल स्टोर्स र काजल किराना पसलबाट म्याद गुज्रिएको खाद्य तथा पेय पदार्थ बरामद गरि नष्ट गरेको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए ।

त्यस्तै मंगरु मिष्ठान भण्डारबाट एक थान नमुना प्रयोगशालामा परीक्षणका लागि पठाएको, लक्ष्मी स्टोरमा खाद्य र अखाद्य वस्तु छुट्याएर राख्न निर्देशन दिएको थियो । 

चाडपर्व नजिकिएसँगै बजारमा कालोबजारी हुने गरेकाले प्रशासनले अनुगमन शुरु गरेको हो ।

सम्बन्धित समाचार