२०८३ बैशाख ६ गते , आईतबार

बालबालिकालाई ‘पढ्न’ सिकाउने काइदा

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
बालबालिकालाई ‘पढ्न’ सिकाउने काइदा

झन्डै ११ महीनापछि खुलेको स्कूल फेरि कोरोनाको दोस्रो लहरले बन्द भएको बालबालिका घरमै थुनिएका छन् घर बाहिर गएर खेल्न पाएका छैनन् समूहमा खेल्न बिर्सिसकेका छन् शायद अन्तर्मुखी स्वभावका छोराछोरी नहोऊन् भनी समूहमा खेल्न लगाउँथ्यौं पहिले दुःख परेको वेला एकले अर्कालाई सहयोग गर्न सिकाउँथ्यौं अहिले उनीहरूलाई कसैसँग नखेल, बिरामी परेका मानिस नजिक नजाऊ भन्नुपर्ने बाध्यता बालबालिका पनि दुबिधामा परेका छन् ग्याजेटदेखि टाढा राख्न चाहन्थ्यौं हामी ग्याजेट नै दिनु परेको अहिले पढ्न होस् वा खेल्न पढ्ने किताबदेखि खेल्ने साथी बनेको मोबाइल, ल्यापटप

दुःख परेकालाई सहयोग गर्न सिकाइएको शिक्षा गलतझैं साबित भएको यो परिस्थितिमा कसैको दुःखमा सहयोग गर्न नसक्ने भएका छौं अरूको के कुरा आफ्नै परिवारका सदस्य बिरामी परे पनि नछुनू, नजिक नजानू भनी सिकाउनुपरेको चोर पल्कियो भनेर नरुनू, काल पल्कियो भनेर रुनूभन्ने उखान सत्य साबित भएको चोरलाई तह लगाउने उपाय छन् तर यो कालरुपी भाइरससँग कुनै उपाय छैन खोप तयार भएको साना बालबालिकालाई खोप ‘...बेल पाक्यो हर्ष बिस्मातभने जस्तै भएको घरभित्रै बस्नुको विकल्प छैन हामीसँग यस्तो अवस्थामा बालबालिकालाई कसरी व्यवस्थापन गर्ने ? उनीहरूको खाली समयलाई कसरी सदुपयोग गर्ने ? हामी सबैको टाउको दुखाइको विषय हो यो

स्कूलहरूले अनलाइनबाटै भए पनि पढाउने कोशिश गरेका छन् स्कूलमै गए सरह सबै विषयको पढाइ भएको छैन सिकाइले निर्धारित कक्षागत क्षेत्र ओगट्ने प्रयास गरेका छन् जसोतसो एक वर्षको शैक्षिक सत्र पूरा गरे स्कूलहरूले यो वर्ष पनि कति समय अनलाइनबाटै पढ्नुपर्ने हो निश्चित छैन केही पनि नहुनु भन्दा यो राम्रो हो दुर्गमका बालबालिका यो सुविधाबाट पनि वञ्चित छन् अनलाइन कक्षाले बालबालिकाको संज्ञानात्मक, भावनात्मक, बौद्धिक, सामाजिक पक्षलाई समेट्न सकेको /छैन, यो कुरा हामीले मनन गर्नुपर्छ अनलाइन सिकाइले उनीहरूको बौद्धिक सामाजिक पक्षलाई केही मात्रामा समेट्न खोजेको तर संज्ञानात्मक भावनात्मक पक्षलाई समेट्न सकेको छैन यी पक्षमा हामी अभिभावकले नै काम गर्नुपर्ने हुन्छ

अघिल्लो पटकको लकडाउनको वेला बालबालिकालाई लक्षित गरी विभिन्न संस्थाले कार्यक्रम गरेका थिए तर यो पटक भने थोरै मात्र संस्थाले बालबालिका लक्षित कार्यक्रम गरेको देखेकी छु मैले उनीहरूको समय खेर नजाने गरी कसरी समयको सदुपयोग गर्ने ? भनी हामीले सोच्नुपर्ने वेला आएको धेरै कुरा सिक्न सक्छन् बालबालिकाले सानो उमेरमा महत्त्वपूर्ण समय खेर जान दिनु भनेको उनीहरूलाई बर्बादीतिर धकेल्नु हो आफ्ना छोराछोरीको लागि कसैले गरिदेओस् भन्ने होइन हामीले नै वातावरण मिलाइदिनुपर्छ


धेरै कुरा सिकाउने विद्यालय बनाउन सकिन्छ घरमा यो वेला आफैं पनि शिक्षक एवं अभिभावक हुँ छोरीलाई खाली समयमा चित्र कोर्न, गणित तथा नेपाली विषयका रोचक खेल तयार गर्न लगाएकी छु आफूले दिनभरि गरेका कामको दैनिकी लेख्ने गर्छिन् उनी


सिकाइ विद्यालयको चौघेरामा मात्र सीमित हुँदैन यो जीवनपर्यन्त निरन्तर चलिरहन्छ सिक्न शिक्षक नै चाहिन्छ भन्ने छैन बालबालिकाको खाली समय चिन्नुपर्छ धेरै कुरा सिकाउने विद्यालय बनाउन सकिन्छ घरलाई आफैं पनि शिक्षक एवं अभिभावक हुँ छोरीलाई खाली समयमा चित्र कोर्न, गणित तथा नेपाली विषयका रोचक खेल तयार गर्न लगाएकी छु आफूले दिनभरि गरेका कामको दैनिकी लेख्ने गर्छिन् उनी बालबालिकाले कक्षामा पढेकै कुरालाई सहयोग पुग्ने खालका काम गर्न लगाउन सकिन्छ कक्षा तीन, चारमा पढ्ने छोराछोरीका लागि हामीले दैनिक रूपमा किन्ने गरेका तरकारी, फलफूल, दुधको हिसाब गर्न लगाई महीनाभरिमा  केकति खर्च लाग्ने रहेछ हिसाब निकाल्न लगाउन सकिन्छ यसले उनीहरू हिसाबमा सक्षम हुनुका साथै अभिभावकको मासिक आम्दानी खर्चबारे जानकार हुन्छन् परिवारको आम्दानी खर्च थाहा दिनु भनेको उनीहरूलाई आर्थिक रूपमा मितव्ययी हुन सिकाउनु पनि हो यसले उनीहरूको अनावश्यक कुरा माग गर्ने बानीलाई निरुत्साहित गर्न सहयोग गर्छ

केही समय शारीरीक कसरत हुने खालका खेल खेल्न लगाउनु पर्छ घरमा साना भाइबहिनी छन् भने उनीहरूसँग खेल्ने समय पनि छुट्याउन सकिन्छ यसले उनीहरूको सामाजिक, संवेगात्मक तथा भावनात्मक पक्षलाई राम्रो बनाउँछ साथै; अन्तरक्रियात्मक सीपको विकास हुन्छ

यो बाहेक उनीहरूलाई पढाइको अतिरिक्त सहयोग चाहिएको विषयमा जोड दिन सकिन्छ प्राथमिक तहकी नेपाली शिक्षक हुँ आफ्ना छोराछोरीले नेपाली पढ्न मन नगर्ने कुरा धेरै अभिभावकबाट सुन्छु नेपाली विषयप्रति उनीहरूको चासो हराउँदै गएको चासो नदिएकै कारण नेपाली भाषा कमजोर हुन पुगेको हो शिक्षक मात्रैको प्रयासले नपुगेको हुन सक्छ अहिले बालबालिका झन्डै एक वर्षभन्दा बढी समय अभिभावकसँगै छन् यो समयलाई बुझेर नेपाली पढ्नलेख्न सिकायौं भने उनीहरूको खेर गएको समय सदुपयोग पनि हुनेछ नेपाली भाषा पनि राम्रो हुन्छ नेपाली भाषा कसरी पढाउने ?

पढ्न सिकाउने काइदा

  • आफ्ना बाबुनानी कुन उमेर समूहका छन् त्यसमा ध्यान दिनुपर्छ
  • त्यसपछि उनीहरूको स्तर कुन तहको ? स्वर वर्ण (, ...) व्यञ्जन वर्ण (, ...) मात्रा (, ,ि, ...) पत्ता लगाउनुपर्छ
  • त्यसपछि उनीहरूलाई हौसला दिंदै, सहज वातावरण बनाउँदै (यति पनि आउँदैन भन्न छोडनुपर्छ) अभिभावकले औंलाले देखाउँदै ठूलो स्वरले पढिदिनुपर्छ
  • फेरि अर्को पटक औंलाले देखाउँदै आफूले पढ्ने उनीहरूलाई पनि पढ्न लगाउने गर्नुपर्छ यसो गर्दा उनीहरूले शुद्धसँग उच्चारण गर्न नजानेका वर्णहरू सजिलोसँग विनाहिचकिचावट उच्चारण गर्न सक्छन् यसले उनीहरूको आत्मबल बढ्न जान्छ
  • अर्को पटक फेरि आफूले औंलाले देखाउँदै हौसला दिंदै बालबालिकालाई पढ्न लगाउने पढ्दा गल्ती गरेमा रोक्नु हुँदैन गल्ती गरेका वर्ण कापीमा टिप्नुपर्छ पढिसकेपछि उक्त वर्ण दोहोर्याएर पढ्न लगाउनुपर्छ यसो गर्दा पढाइको गति निरन्तर हुन्छ उनीहरूलाई आत्मविश्वास बढ्छ
  • सिकाउँदा जहिले पनि सरलबाट जटिलतिर लैजानुपर्छ मूर्तबाट अमूर्ततिर (देखेको कुराबाट नदेखेका कुरा) तिर लैजानुपर्छ जस्तै; बाट कलम देखेको , तर बाटै कमल देखेको छैन भने कमल पछि सिकाउनुपर्छ

यो एउटा उदाहरण मात्र हो यसरी उनीहरूको उमेर, तह सिक्ने क्षमता अनुसारका क्रियाकलाप गर्दै सिकाउन सकेमा नेपाली भाषा बालबालिकाको लागि हाउगुजी हुने छैन हामीले नै मिहिनेत गर्न छाड्यौं भने हाम्रा छोराछोरीले झन् छोड्ने छन् मातृभाषाको अस्तित्व नै हराएर जानेछ

सुनाइ, बोलाइ, पढाइ लेखाइ भाषाका चार पक्ष हुन् भाषा राम्रो हुन यी चारै पक्षको सन्तुलन मिल्नुपर्छ पहिले बच्चाले हामी बोलेको सुन्छ अनि बोल्न थाल्छ बोल्न जानेपछि मात्र पढ्न थाल्छ यसरी नै पढ्न सक्ने भएपछि मात्र लेख्न सक्छ लेखाइ भाषाको अन्तिम पक्ष हो, त्यसैले भाषा एकअर्कामा अन्तरसम्बन्धित


पहिले बच्चाले हामी बोलेको सुन्छ अनि बोल्न थाल्छ बोल्न जानेपछि मात्र पढ्न थाल्छ यसरी नै पढ्न सक्ने भएपछि मात्र लेख्न सक्छ हामीले बालबालिकाको सुनाइ बोलाइ पक्षमा ध्यान नदिएकै कारणले उनीहरूको पढाइ सीप सबल हुन सकेको हुँदैन


हामीले बालबालिकालाई पढ्न लगाउनुभन्दा पहिलेका पक्ष सुनाइ बोलाइका अभ्यास प्रायः कसैले पनि गरेका हुँदैनौं पढाउन मात्र कोशिश गर्छौं हामीले बालबालिकाको सुनाइ बोलाइ पक्षमा ध्यान नदिएकै कारणले उनीहरूको पढाइ सीप सबल हुन सकेको हुँदैन त्यसैले सानै उमेरदेखि उनीहरूको तहका कथाका किताबहरू पढेर सुनाउने गर्नुपर्छ कथा सुनाइसकेपछि कथाका बारेमा बुझेका कुरा भन्न लगाउनुपर्छ यसरी दैनिक रूपमा छलफल गर्दै उनीहरूको सुनाइ बोलाइ सीपमा निखार ल्याउनुपर्छ यसले पढाइ लेखाइमा पनि सहयोग गर्छ

यो मैले शिक्षण सिकाइ तालिमबाट सिकेको कुरा हो तालिमबाट सिकेको कुरा मैले घरमा प्रयोग गरेकी थिएँ घरमा दुई वर्षकी छोरी थिइन् सधैं सुत्ने वेलामा उनका तहका नेपाली भाषाका कथा सुनाउने गर्थ्यौं हामी त्यसपछि उनले के बुझिन् छलफल गरेर मात्र सुत्ने गर्थ्यौं यो अभ्यास हामीले उनी आफैंले पढ्न सक्ने नहुँदासम्म दैनिक रूपमा गर्थ्यौं यसो गर्दा बालबालिकाहरूमा सुन्ने बानीको विकास हुनुका साथै कल्पना शक्ति, तार्किक शक्तिको पनि विकास हुने रहेछ त्यसरी पढाएकै कारणले अहिले कक्षा मा उनको नेपाली भाषा अंग्रेजी भाषा दुवै राम्रो दुवै भाषाका किताबहरू सजिलैसँग पढ्न सक्छिन् त्यसैले साना छोराछोरी छन् भने आजैबाट पढाउन शुरू गरौं ठूला नै छोराछोरी छन् भने पनि उनीहरूको सुधार गर्नुपर्ने क्षेत्र पहिल्याएर पढाउन ढिला नगरौं अहिले नभ्याएको कहिले भ्याउने ? हामीले नगरे कसले गर्ने ?

 

सम्बन्धित समाचार