२०८३ बैशाख ६ गते , आईतबार
कोरोनाका कारण ११ हजार ५ सय बढीको मृत्यु
बिर्तामोड । नेपालमा हालसम्म ११ हजार पाँच सय १३ जना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । वुधबार मात्रै चार जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज देशभर तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा तीन सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ । कुल संक्रमित मध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन । गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ ।