२०८३ बैशाख ६ गते , आईतबार

चुनावको दिन सवारी साधन चलाउन नपाइने, ७२ घण्टा सीमा नाका बन्द

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २३ गते , शुक्रबार
चुनावको दिन सवारी साधन चलाउन नपाइने, ७२ घण्टा सीमा नाका बन्द

काठमाण्डौ वैशाख ३० गते हुने मतदानका दिन सार्वजनिक यातायातका साधन नचल्ने भएका छन् त्यस्तै प्रशासनको अनुमति पास बिनाका नीजि सवारी साधनपनि चलाउन नपाइने निर्वाचन आयोगले जनाएको

निर्वाचन आयोगले मतदानका दिन अनुमति पास विनाका सवारी साधन चलाउन नदिन भनेर सरकारलाई बिहिबार पत्र पठाएको हो   आयोगका अनुसार अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको

सवारी साधन अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिइएको मापदण्ड बनेको आयोगले जनाएको तर कुटनीतिक नियोगका सवारी साधनले भने निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाटै अनुमति लिनुपर्नेछ

सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र जारी गर्ने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको मतदानका दिन दैनिक उपभोग्य वस्तु बोक्ने अत्यावश्यक सवारी साधन भने चल्न सक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए उनले विगतमा जस्तै मतदानका दिन यो पटक पनि यस्तो ब्यवस्था गर्न लागेको बताए

एम्बुलेन्स दमकल चल्छन्, दुध, तरकारीका गाडी चल्छन्, पत्रकारहरुले अनुमति लिएर हिँड्न पाइन्छ, प्रवक्ता पौडेलले भने त्यस्तै आयोगले  भारत चीनसँग जोडिएका सीमा नाका तीन दिन बन्द गर्न भनेर सरकारलाई पत्र पठाएको वैशाख २७ गते राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई पत्र पठाएकोे प्रवक्ता शर्माले जानकारी दिए

 

सम्बन्धित समाचार