२०८३ आश्विन १७ गते , शनिबार

मतदाता परिचय पत्र हराएपनि नागरिकताको आधारमा मतदान गर्न पाइने

sajilo news
परिवेश मिडिया
२०७९ बैशाख २८ गते , बुधबार
मतदाता परिचय पत्र हराएपनि नागरिकताको आधारमा मतदान गर्न पाइने

बिर्तामोड । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचय पत्र हराएकाले पनि मतदान गर्नबाट बञ्चित हुनु नपर्ने भएको छ । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र  हराएकाहरुले नागरिकताका आधारमा भोट हाल्न पाइने निर्वाचन आयोगले जनाएको छ ।

यस अघि यो बिषयमा आयोगले स्पष्ट निर्णय नगर्दा मतदातामा द्विविधा भएको थियो । मतदाता परिचयपत्रपनि नागरिकताकै आधारमा बन्ने भएकाले नागरिकताका आधारमा भोट हाल्न मिल्ने आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।  

सम्बन्धित समाचार