२०८३ आश्विन १७ गते , शनिबार

झापाका ६ पालिकाको मत गणना सकियो, हेर्नुहोस कसले कहाँ जित्यो

sajilo news
परिवेश मिडिया
२०७९ जेष्ठ ६ गते , शुक्रबार
झापाका ६ पालिकाको मत गणना सकियो, हेर्नुहोस कसले कहाँ जित्यो

बिर्तामोड । झापाको छ वटा पालिकाको मत गणना सम्पन्न भएको छ । यी मध्ये तीन वटा पालिकाको प्रमुखमा नेपाली कांग्रेसले तीन स्थानमा विजय हासिल गरेको छ भने दुई वटामा नेकपा एमाले र एउटामा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ ।

कचनकवल गाउँपालिकामा नेपाली कांग्रेसका कालेन्द्रप्रसाद राजवंशी अध्यक्ष पदमा विजयी भएका छन् । राजवंशीले नकटतम प्रतिद्वन्दी राप्रपाका अञ्जरा आलमलाई पराजित गरेका हुन । आलम निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । उपाध्यक्षमा नेकपा एमालेका नवराज भट्टराई विजयी भए । उनले निकटतम प्रतिद्वन्दी राप्रपाकी निमसरी राजवंशीलाई पराजित गरेका हुन् । निमसरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् ।

कचनकवलमा एमालेले नेपाली कांग्रेससँग तालमेल गरेको थियो ।

हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेन विजयी भए । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डम्बरबहादुर गिरीलाई पराजित गरेका हुन् । लिङदेन गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् भने गिरी उपाध्यक्ष हुन् ।

त्यस्तै उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवि मैनाली विजयी भइन् उनले नेकपा एमालेकी शान्तादेवि गौतमलाई पराजित गरेकी हुन् ।

बाह्रदशी गाउँपालिकामा नेकपा एमालेका  देविन्द्रप्रसाद चम्लागाईले नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीलाई पराजित गरे । राजवंशी गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी शान्तादेवि शिवाकोटी विजयी भइन् । उनले राप्रपाकी कमला राजवंशीलाई पराजित गरेकी हुन् ।

झापा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष जयनारायण शाह दोहोरिए । उनले निकतटम प्रतिद्वन्दी नेकपा एमालेका गौरी शंकर राजवंशीलाई पराजित गरेका हुन् । उपाध्यक्षमा नेपाली काग्रेसकै अञ्जुदेवि थपलिया विजयी भइन् । उनले नेकपा एमालेकी देविमाया अधिकारीलाई पराजित गरेकी हुन् ।

भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसका गणेश पोखरेल विजयी भए । उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका असारु राजवंशीलाई पराजित गरे । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका शिव कुमार राजभण्डारीलाई पराजित गर्दै राप्रपाकी राधा कार्की विजयी भइन् ।

कनकाईमा नेकपा एमालेका तर्फबाट प्रमुखमा राजेन्द्रकुमार पोखरेल दोहोरिए । उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रुद्र चिमरियालाई पराजित गरेका छन् । उपप्रमखमा नेपाली कांग्रेसकी आशा शिवाकोटी विजयी भइन् । उनले नेकपा एमालेकी मञ्जु प्रसाईलाई पराजित गरेकी हुन् ।

 

 

 

 

सम्बन्धित समाचार