२०८३ बैशाख ६ गते , आईतबार

नेकपा एसबाट मन्त्री फेरिए, सपथ भोलि हुने

sajilo news
परिवेश मिडिया
२०७९ असार १२ गते , आईतबार
नेकपा एसबाट मन्त्री फेरिए, सपथ भोलि हुने

काठमाण्डौ नेकपा -एकिकृत समाजवादी_का मन्त्री फेरबदल भएका छन् फेरिएका मन्त्रीहरुको सपथ सोमबार हुने भएको

प्रधानमन्त्री निकट स्रोतका अनुसार नेकपा एसका तर्फबाट फेरबदल भएका मन्त्रीहरुको सोमबार ११ बजे पछि सपथ गराउने कार्यक्रम रहेको आइतबार नै मन्त्री फेरवदलको तयारी गरिएपनि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले सोमबार राष्ट्रियसभामा बिषयगत मन्त्रीका रुपमा जवाफ दिने कार्यक्रम बाँकि रहेका कारण सपथ ग्रहणको कार्यक्रम सोमबारका लागि सारिएको स्रोतले जानकारी दिएको सोमबार ११ बजेपछिको समयमा सपथ गराउने तयारी , स्रोतले भन्यो राष्ट्रपति कार्यालय स्रोतले पनि नयाँ मन्त्रीहरुको सपथ भोलि हुने पुष्टि गरेको

जेठ २२ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट गठबन्धनमा सामेल मन्त्रीहरूको टिम नै फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको थियो लगत्तै अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्य मन्त्रीमा भवानी खापुङ हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए

सम्बन्धित समाचार