२०८३ बैशाख ६ गते , आईतबार
श्रीमतीको हत्या गर्ने नाइके हस्दा पक्राउ
बिर्तामोड । झापाको झापा गाउँपालिका-६ चन्द्रबस्ती बस्ने ४० बर्षीय नाइके हस्दालाई प्रहरीले पक्राउ गरेको छ । हस्दा कचनकवल-१ स्थित भारतीय सिमाबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।
शुक्रवार राती ९:१० बजे हस्दाले ३५ बर्षीया तालामाइ हस्दालाई धारिलो हतियारले कोखामा प्रहार गरि हत्या भएका थिए । मादक पदार्थ सेवन गरि घरमा श्रीमतीको हत्या गरे लगत्तै हस्दा फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । फरार हस्दालाई शनिबार बिहान ८ बजे पक्राउ गरेको झापा प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।