२०८३ बैशाख ६ गते , आईतबार
बिर्ता आइ केयरमा आमाहरुको आँखा निशुल्क जाँच
बिर्तामोड । झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल पुर्व पट्टी रहेको बिर्ता आइ केयरले आमाहरुको आँखा निशुल्क जाँच गर्ने भएको छ । माता तिर्थको अवसरमा (आज) बैशाख ४ गतेदेखि १८ गतेसम्म आमाहरुको आँखा निशुल्क जाँच गर्न लागिएको हो ।
'आमाले हामीलाई संसार देखाउनु भयो, अब आमालाई संसार देखाउने पालो हाम्रो' भन्ने मुल नाराका साथ दुई हप्ते अभियान संचालन गर्न लागिएको अस्पतालले जनाएको छ । यो अवधिभर डाक्टरको शुल्क नलाग्ने र चस्मा खरिद गर्नु परे २० प्रतिशत छुट हुने अस्पतालकी प्रशासन प्रमुख गिता बस्नेतले जानकारी दिइन । समयमै आँखा जाँच गर्ने बानी बसाउन र अन्धोपन हुनबाट बचाउन अभियान शुरु गरिएको उनले बताइन।