२०८३ आश्विन १८ गते , आईतबार

कोशी प्रदेशमा आज बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८० जेष्ठ ३ गते , बुधबार
कोशी प्रदेशमा आज बर्षाको सम्भावना

बिर्तामोड । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ ।

देशका पहाडी भू–भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ । 

अहिले बिहान भने देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार