२०८३ बैशाख ५ गते , शनिबार
मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनको प्रक्रिया अगाडि बढाइने
बिर्तामोड । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायको समन्वयमा आवश्यक प्रकृया अगाडि बढाइने भएकोछ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मेची अस्पतालमा स्टाफ नर्स शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने उल्लेख छ ।
आज प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आवका लागि प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।