२०८३ आश्विन १८ गते , आईतबार

विद्युत महशुल बढाउने संकेत

sajilo news
परिवेश मिडिया
२०८२ बैशाख १९ गते , शुक्रबार
विद्युत महशुल बढाउने संकेत

झापा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्ले बिजुलीको महसुल बढाउने संकेत गरेका छन् ।

शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै यस्तो संकेत गरेका हुन । उनले विगत ३ वर्षदेखि विद्युत महशुल समायोजन नभएको बताए ।

उनले समयानुकुल विद्युत महशुल समायोजन गर्न आवश्यक पहल गर्ने श्वेतपत्रको भावी योजनामा राखेका छन् ।

उनले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता प्रचलित विद्युत वितरण तथा संलकन विनियमावली अनुसार असुलीको प्रकृया तत्काल अगाडि बढाइने तयारी रहेको बताए ।

उनले सडकबत्ती तथा सरकारी बक्यौताका साथै अन्य बाँकी बक्यौता नेपाल सरकारको सहयोग लिई असुल गरिने उल्लेख गरे ।

 

सम्बन्धित समाचार