२०८३ आश्विन १८ गते , आईतबार

हावाहुण्डरीका कारण हल्दिबारीमा एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १ गते , विहीबार
हावाहुण्डरीका कारण हल्दिबारीमा एक जनाको मृत्यु

बिर्तामोड । बुधबार मध्यरातमा आएको हावाहुण्डरीका कारण झापाको हल्दिबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी–५, त्रिवेणी चोक बस्ने ६५ बर्षीय मानबहादुर मगर रहेका छन् ।

बुधबार राति अन्दाजी २३:५० बजे आएको हावा हुण्डरीले मगरको घरको छाना उडाउँदा बिमले उनलाई थिचेको प्रहरीले जनाएको छ । टाँडेघरमा सुतिरहेको मगरलाई बिमले थिचेको अवस्थामा स्थानीयले देखेर बाहिर निकाल्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सम्बन्धित समाचार