२०८३ आश्विन १८ गते , आईतबार

झापाबाट ११८४ नागरिकता जारी, ९५ लाख बढी राजश्व संकलन

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ३ गते , शनिबार
झापाबाट ११८४ नागरिकता जारी, ९५ लाख बढी राजश्व संकलन

र्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले १,१८४ वटा नागरिकता जारी भएको छ । वैशाख महिनाको अवधिमा प्रशासन कार्यालयले ती नागरिकता जारी गरेका हुन् ।

जारी भएका नागरिकता मध्ये १,१३८ वटा वंशजका आधारमा, ३९ वटा वैवाहिक नयाँ नागरिकता जारी भएको र ७ वटा गैर आवासीय नागरिकता जारी भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ  । वैशाख महिनामा १,०६० वटा नागरिकताको प्रतिलिपी, ७३ नाबालक परिचय पत्र, १,७३३ वटा राहदानी आवेदन संकलन र १,७३३ वटा राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

वैशाखमा राहदानी शुल्कबापट ९२ लाख ८० हजार, अन्य प्रशासनिक सेवा शुल्क १ लाख २० हजार ६५० र प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ लाख २३ हजार ६७० रुपैँया राजश्व संकलन भएको उनले बताए ।

सम्बन्धित समाचार