२०८३ आश्विन १८ गते , आईतबार

बिर्तामोडसहित ९ पालिकाको बेरुजु घट्यो, मेचीनगरमा सबैभन्दा बढी बेरुजु

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ ७ गते , बुधबार
बिर्तामोडसहित ९ पालिकाको बेरुजु घट्यो, मेचीनगरमा सबैभन्दा बढी बेरुजु

बिर्तामोड । झापाका बहुसंख्यक पालिकाले आर्थिक बर्ष ०७९/८० मा सोको अघिल्लो आर्थिक बर्षभन्दा बेरुजु घटाएका छन् । आर्थिक बर्ष ०७८/७९ को तुलानामा झापाका बहुसंख्यक पालिकाले आर्थिक बर्ष ०७९/८० मा बेरुजु घटाएका हुन् ।

बिर्तामोड, कनकाई, गौरादह, दमक, शिवसताक्षी, कमल, गौरीगञ्ज, बाह्रदशी र अर्जुनधारा नगरपालिकाको बेरुजु घटेको हो । यसै गरी भद्रपुर, कचनकवल, झापा, बुद्धशान्ति, हल्दिबारीको बेरुजु बढेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७८/७९  लेखापरीक्षण नगराएको मेचीनगर नगरपालिकामा आर्थिक बर्ष ०७९/८० मा सबैभन्दा बढी बेरुजु भएको पाइएको छ । सो आर्थिक बर्षमा मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैँया बेरुजु भएको पाइएको हो । 

हेर्नुहोस तालिका

 

सम्बन्धित समाचार