२०८३ आश्विन १८ गते , आईतबार

मनसुनको शुरुमै झापा गाउँपालिकाको वस्तीमा बाढी

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १७ गते , शनिबार
मनसुनको शुरुमै झापा गाउँपालिकाको वस्तीमा बाढी

बिर्तामोड । यस बर्षको मनसुनको शुरु भएसँगै माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ । शुक्रबार राति परेको बर्षाले माई खोलामा पानीको बहाव बढेर बस्तीमा पसेको हो ।

झापा गाउँपालिकाको वडा नम्बर २ स्थित सुगाबथान, कुवारी, मिलन बस्तीलगायतका क्षेत्रका घरघरमा करिब एक फुटसम्म पानी पसेको छ । घरमा पानी पसेपछि स्थानीय बासिन्दाहरू घर छोडेर सुरक्षित स्थानमा भेला हुन थालेका छन् ।

बाढीले किसानहरूको मकैबालीमा समेत ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रत्येक बर्ष बर्षायाममा ती बस्तीहरुमा बाढीको जोखिम हुने गरेको छ ।

सम्बन्धित समाचार