२०८३ आश्विन १८ गते , आईतबार

नक्कली नोटसहित तेह्रथुमका भारती पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ १९ गते , सोमबार
नक्कली नोटसहित तेह्रथुमका भारती पक्राउ

बिर्तामोड । नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति ९ प्रहरीले  बजे तेह्रथुम फेदाप गाउँपालिका वडा नं. २ ओयाक्जुङ बस्ने २८ वर्षीय गणेश भारतीलाई पक्राउ गरेको हो ।

भारतीलाई प्रहरीले मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित नेपाल बैंक अगाडिबाट नक्कली नोटसहित पक्राउ परेको हो ।

शंकास्पद अवस्थामा हिड्डुल गरिरहेको अवस्थामा भारतीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट नेपाली नोट १ हजारको जस्तो देखिने १ बुङलाई सहित पक्राउ गरेको हो ।

नक्कली नोटसहित भारतीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

सम्बन्धित समाचार